विदेश

जब गब्बर श्रीमतीको शीर काटर प्रहरी चौकी पुगे...

जब गब्बर श्रीमतीको शीर काटर प्रहरी चौकी पुगे...

एजेन्सी । भारतको मध्य प्रदेशस्थित मुरैना जिल्लाका एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि उनको शिर लिएर प्रहरी चौकीमा पुगेका छन्। राजधानी भोपालबाट करिब ४५० किलोमिटर दूरीमा रहेको मुरैना जिल्लामा बुधबार घटना घटेको हो।

 

मुरैना प्रहरी प्रमुख रियाज इक्बालका अनुसार कल्याण शाक्यवास भन्ने व्यक्तिले आफ्नी श्रीमतीको शिर छेदन गरेर चौकीमा पुगेपछि उक्त घटना बाहिर आएको हो। उनले भने, 'घटना बुधबार बाहिर आएको हो, जब कल्याण शाक्यवार उर्फ गब्बर भन्ने व्यक्तिले आफ्नै श्रीमतीको शिर काटेर प्रहरी चौकीमा रिपोर्ट गर्न आए अनि आफ्नै श्रीमतीको हत्या गरेको बताए। उनलाई तुरुन्तै पक्राउ गरियो र प्रहरीको एउटा टिमले अनुसन्धान सुरु गर्‍यो। उनको गाउँमा पनि प्रहरी पठाइएको छ।'

 

उनकी श्रीमतीको गौर पुरुषसँग अनैतिक सम्बन्ध र घरेलु झगडाका कारण श्रीमतीको हत्या गरेको प्रहरीको आशंका छ। प्रहरीका अनुसार मुरैना जिल्लाको महुआ प्रहरी चौकी क्षेत्र केदारपूरा गाउँमा कल्याण शाक्य उर्फ गब्बर र उनी श्रीमती पंकज बस्दै आएका थिए। दुवैबीच दैनिकजसो लडाइँ झगडा हुने गर्थ्यो। तर बुधबार उनीहरू झगडाले सीमा नाग्यो कल्याणले धारिलो हतियारले श्रीमतीको शिर छेदन गरिदिए। उनीहरूको विवाह भएको १० वर्ष पुगेको र उनीहरूका तीन बच्चा रहेको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

हत्या

विशेष