News विदेश

भारतमा चुनाव लक्षित बजेटः नेपाललाई ७ अर्ब अनुदान 

भारतमा चुनाव लक्षित बजेटः नेपाललाई ७ अर्ब अनुदान 

काठमाडौं । भारत सरकारले यही वर्ष हुन लागेको चुनावलाई लक्षित गरेर आर्थिक वर्ष सन् २०१९-२० को बजेट ल्याएको छ । अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि त्यहाँका अर्थमन्त्री पियूष गोयलले शुक्रबार लोकसभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । बजेटले भारतका किसान, कामदार तथा जागिरदारलगायतको मध्यम वर्गलाई ठूला सुविधा घोषणा गरेको छ । अर्थमन्त्री अरुण जेट्ली उपचारका लागि अमेरिकामा रहेकाले अर्थमन्त्रीको जिम्मेवारीमा रहेका गोयलले बजेट प्रस्तुत गरेका हुन् । 

 

नेपाललाई ७ अर्ब भारु 
भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने घोषणा गरेको छ । सन् २०१७ मा ३ अर्ब ७६ करोड ६१ लाख भारु र २०१८ मा ७ अर्ब ५० करोड भारु नेपाललाई सहयोग गरेको थियो । सन् २०१९ का लागि ७ अर्ब भारु विनियोजन भएको छ । यो भारतको विदेश मन्त्रालयअन्तर्गत केन्द्रीय तहका परियोजनाका लागि भनेर विनियोजन भएको रकम हो ।

 

यो शीर्षकमा सबैभन्दा बढी भुटानलाई २६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रोमा नेपाल छ भने तेस्रो स्थानमा रहेको माल्दिभ्सले ५ अर्ब ७५ करोड भारु पाउँदै छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

बजेट अनुदान

विशेष