News

एनसेल टावरमा बम विष्फोट, तीन घाइते

एनसेल टावरमा बम विष्फोट, तीन घाइते

काठमाडौं । ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ। 

 

नक्खु चोक नजीकको एनसेल टावरमा शुक्रबार साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो। बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए। बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए। 

 

कमलपोखरीमा प्रेसर कुकर बम 

काठमाडौंको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ। कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले राससलाई जानकारी दिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको थियो।

एनसेल बम

विशेष