विदेश

पाकिस्तानी सेनाको भारतलाई चेतावनीः हामीसँग उल्झिन नआऊ 

पाकिस्तानी सेनाको भारतलाई चेतावनीः हामीसँग उल्झिन नआऊ 

काठमाडौं । शुक्रवार एक पत्रकार सम्मेलन गरेर पाकिस्तानी सेनाले पुलवामा भएको हमलामा पाकिस्तानलाई जबरजस्ती मुछिएको भन्दै कडा प्रतिक्रिया दिएको छ ।

 

सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले उक्त हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको बताए ।

 

फेब्रुअरी १४ मा भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि जैश ए मोहम्मद नामक समूहले गराएको आत्मघाती हमलामा परि ४० भन्दा धेरैको ज्यान गएको थियो ।

 

भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठह¥याएको छ । तर पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ ।

 

 

मेजर जनरल गफूरले भने, “पाकिस्तानले यो हमला भएपछि राम्ररी सोच्यो छानबिन ग¥यो र जिम्मेवार सरकारको रूपमा प्रतिक्रिया दियो । हाम्रा प्रधानमन्त्रीले भारतलाई पहिले कहिल्यै नदिइएको प्रस्ताव दिएका छन् । उनले भनेका छन् यदि प्रमाण भेटियो भने कसैको दबाबमा होइन कि हाम्रो आफ्नै स्वार्थले त्यस्ता समूहविरुद्ध कारबाही गर्नेछौँ भनेर ।’

 

 

‘हामीले जाँचबुझ ग¥यौँ त्यसैले जवाफ दिन केही ढिलाइ भयो । तर हामीले गरेको जाँचबुझबाट पाकिस्तानमाथि लगाइएका आरोप आधारहीन पाइएका छन्।’

 

 

नियन्त्रण रेखा भन्दा मिलौँ टाढा घटना भएको छ । जुन विस्फोटक सामग्री प्रयोग भएको छ त्यहीँको सुरक्षाबलले त्यसलाई जुटाएको हो । यहाँ पाकिस्तानबाट लगिएको होइन ।

 

जुन गाडीको प्रयोग गरि घटना भयो त्यो स्थानीय गाडी हो । पाकिस्तानबाट लगिएको होइन । जुन युवाले यो चरमपन्थी हमला गराए ती त्यहीँका स्थानीय हुन् । उनले भारतमाथि पाकिस्तानभित्र आतंकवादलाई भड्काएको पनि आरोप लगाए। पाकिस्तानमा जब जब कुनै महत्त्वपूर्ण कार्यक्रम आयोजना हुन लाग्छ तबतब यस किसिमका हमलाका घटना हुने गरेको उनले बताए ।

 

पुलवामा हमलाको बेला पनि पाकिस्तानमा आठवटा महत्वपूर्ण कार्यक्रमहरू हुन लागेको बताउँदै यस्तो बेला पुलवामामा हमला गराएर पाकिस्तानलाई के फाइदा भन्दै उनले प्रश्न गरे ।

 

यही बेला साउदी अरेबियाका युवराजको भ्रमण तथा लगानी सम्मेलन हुन लागेको अनि यही समय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आतंकवादी सूचीबारे छलफल हुन लागेको उनले उदाहरण दिए ।

 

साथै, यो बेला भारतमा चुनावी चहलपहल भइरहेको भन्दै चुनावकै मुखमा यस्तो घटना किन हुन्छन् भन्नेबारे सोचविचार गर्नुपर्ने बताए ।

 

मेजर जनरल गफूरले भारतमा पाकिस्तानले युद्धको तयारी गरिरहेको चर्चा चल्दै गरेको भन्दै खासमा पाकिस्तानले कुनै तयारी नगरेको बरु भारतले नै युद्धको धम्की दिइरहेको बताए ।

 

“हामी सुरु गर्दैनौँ । तर यदि कसैले कारबाही गर्छ भने हामी जवाफी कारबाही गर्नेछौँ । प्रतिकार गर्ने हाम्रो हक छ,’ उनले भने ।
बिबिसीबाट 
 

विशेष