News

नक्खु विष्फोटका घाइतेको मृत्यु, दुई सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

नक्खु विष्फोटका घाइतेको मृत्यु, दुई सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते एक जनाको मृत्यु भएको छ।

 

बम विष्फोटबाट गम्भीर घाइतेभ एका सिंहप्रसाद गुरुङको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 

बम विष्फोटका अन्य घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ। नक्खुमा रहेको एनसेल टावरको मुल गेटमा शुक्रबार बेलुका ८ बजेतिर शक्तिशाली बम विष्फोट भएको थियो।

 

यसैबीच उक्त घटनाको अनुसन्धानका लागि टावरको सुरक्षामा खटिएका दुई जना गार्डहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरूको पनि बम विष्फोटमा संलग्नता देखिएकोले पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरुको नाम भने गोप्य राखिएको छ।

 

यता, काठमाडौँको कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन्।

एनसेल बम विष्फोट एनसेल टावर

विशेष