विदेश

विषाक्त मदिरा सेवनबाट २५ चिया मजदुरको मृत्यु

विषाक्त मदिरा सेवनबाट २५ चिया मजदुरको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।

 

'मदीरा सेवन गरी विरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,'  बिरामीको उपचारमा सम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए । 'उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।'

 

बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू विरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए ।

रक्सी सेवन मृत्यु

विशेष