खाजा खर्च कटाएर कृष्ण वलीलाई ६३ हजार सहयोग
दाङ । विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्ण वलीलाई दाङका विद्यार्थीले सहयोग गरेका छन् । रुकुमको सानीभेरी गाउँपालिका निवासी २१ वर्षीय वलीलाई तुलसी आवासीय विद्यालयका विद्यार्थीले खाजाखर्च कटाएर संकलन गरेको ६३ हजार तीन सय ७० रुपैयाँ सहयोग गरेका हुन् ।
कक्षा पाँचसम्म त्यसै विद्यालयमा अध्ययन गरेका वलीलाई विद्याथीले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकम वलीकी आमालाई शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन् । गएको जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा दाङको तुलसीपुर–१३, मा करेन्ट लाग्दा वलीले एउटा खुट्टा र दुवै हात गुमाएका थिए ।
दाङ कृष्ण वली