News

रुपन्देहीमा पनि एनसेलको टावरमाथि आगजनी, सेवा अवरुद्ध

रुपन्देहीमा पनि एनसेलको टावरमाथि आगजनी, सेवा अवरुद्ध

खस्यौली । रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ। गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए। 

 

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एनसेल एनसेल टावर एनसेल एक्जियटा

विशेष