थन्किएका बस चीनमै बनेका रहेछन् , सचिवले हावा बोले
काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयका अधिकारीहरुले सरकारले आयात गरेको बस भारतमा बनेको दावी गरे पनि प्रमाणले भते ती बस चीनमै बनेको पाइएको छ । प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ ।
यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत सावित गर्छ । मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाई कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए । उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए । सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।
नागरिक दैनिकबाट