३५ करोडको सर्पको बिषसहित पक्राउ

३५ करोडको सर्पको बिषसहित पक्राउ

काठमाडौं । करोडौंको मूल्य बरावरको विषालु सर्पको बिषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भारतर्फ बिषालु सर्पको बिष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो । काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ जिल्लाको पानीट्यङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालीयनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपैयाँ मूल्य बराबरको सर्पको बिषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ बर्षीय बल वहादुर यावालाई पक्राउ गरेको जनाएको छ ।

 


उनलाई विहीबार दिउँसो भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठूलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको बिष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको बिष भारततर्फ तस्करी भइरहेको गोप्य सूचनाको आधारमा बलबहादुरमाथि शङ्का लागि चेकजाँच गर्दा सर्पको बिष फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

 

यस बिषयमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको बिष ल्याएको स्वीकारेका छन् । उनले ल्याएको सर्पको बिष पानीटङ्याकीमा एक जनालाई दिन आएको र अरु केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ । एसएसबीले सर्पको बिषसहित पक्राउ परेका बलबहादुरलाई खोडीबारी पुलिसलाई जिम्मा लगाइसकेको छ । खोडीवारी थानाध्यक्ष नीलम कुजुरका अनुसार बिषसहित पक्राउ परेका बलबहादुरलाई सिलीगुडी अदालतमा पेश गरी कानुनी कारबाही शुरु गरिसकेको बताए । यो समाार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

सर्पको बिष बल वहादुर यावा

संम्बधित खबर

विशेष