हट्यो माथिल्लो तामाकोसीको अबरोध, ८ महिनाभित्र परीक्षण उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईको अनिश्चितता अब भने हटेको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।
लामोसाँघु चरिकोट सडकको अबरोधका कारण आएको ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याकको कार्य सम्पादनमा आएको समस्याले पेनस्टक पाइप जडानमा ढिलाई हुँदा आयोजनाको सम्पन्न हुने मितिमा देखिएको अनिश्चितता पनि हटेको हो।
आयोजनाको बाँधस्थलबाट सुरुङमार्ग हुँदै पावरहाउससम्म पानी पेनस्टक पाइपबाट खसालिने भएपनि माथिल्लो र तल्लो पेनस्टक साफ्टको काम बल्ल अघि वढेको छ। अबको ८ महिनाभित्रमा आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए। यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।