विदेश

ट्रम्पलाई भेट्न रेल चढेर भियतनाम लागे नेता किम जोङ

ट्रम्पलाई भेट्न रेल चढेर भियतनाम लागे नेता किम जोङ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ–उन भियतनाम प्रस्थान गरेका छन्। ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी प्योङयाङबाट रेलमार्फत् भिएतनाम प्रस्थान गरेका हुन् । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किम आफ्नी बहिनी किम यो जोङ तथा उनका केही नकिजका सहयोगी अधिकारीसँग त्यसतर्फ प्रस्थान गरेका हुन्।

 

उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा आगामी बुधबार र बिहीबार हुँदैछ। गत वर्ष उत्तर कोरिया र अमेरिकाबीच सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। सो वार्तामा उत्तर कोरियाले आफूलाई परमाणु हतियार उत्पादनबाट टाढा राख्न हरेक प्रकारका सम्झौताहरुका लागि तयार रहेको सन्देश अमेरिकालाई दिएको थियो। यसबीचमा अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यास गरेपछि दुई मुलुकबीचको सम्बन्ध फेरि चिसिएको हो कि भन्ने आशंकाहरुबीच भियतनाममा दोस्रो शिखर वार्ता हुन लागेको हो। 

किम जोङ–उन भियतनाम डोनल्ड ट्रम्प

विशेष