News

राउटे समुदायमा १२ वर्षीया बालिकाको विवाह ३१ वर्षीय युवकसँग

राउटे समुदायमा १२ वर्षीया बालिकाको विवाह ३१ वर्षीय युवकसँग

सुर्खेत । लेकबेँसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । आफ्नो स्याहार आफै गर्न सक्ने अवस्था नभएकी उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् । यी दुई मात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ ।

 

उनीहरुले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर पाँचै जना बालिकाले आफ्नो विवाह भएकोबारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् । दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो ।

 

पहिलेकी पत्नीको मृत्यु भएपछि उनले मयारामसित बिहे गरेका हुन्  । दलबहादुरका दुई सन्तान छन् । तर, मायारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन्,’ दलबहादुरले भने, ‘सानै छे उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।’ यो समाचार  कान्तिपुर दैनिकबाट लिइएको हो ।

विवाह राउटे समुदाय

विशेष