विदेश

पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

काठमाडौं । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् । अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ का पत्रकार जमाल खसोग्जीको हत्यापछि साउदी–अमेरिका सम्बन्ध चिसिएका बेला सो मुलुकले रीमालाई नयाँ दूत नियुक्त गरेको हो ।

 

गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूतावासबाट बेपत्ता भएका खसोग्जीको दूतावास परिसरभित्रै हत्या भएको थियो । त्यसयता साउदी–अमेरिका सम्बन्ध चिसिदै आएको छ । साउदी नागरिक खसोग्जी पछिल्लो समयमा अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए भने उनी आफ्नो मुलुकको राजपरिवारको कडा आलोचना गर्दै आएका थिए । यो समाचार नेपाल समाचारपत्रबाट लिइएको हो ।  

साउदी अरेबिया राजदूत नियुक्त रीमा बिन्त बन्दार

विशेष