News

ल्याउने वित्तिकै बिग्रेको ‘विद्युतीय बस’ भारतमै बनेको रहेछ

ल्याउने वित्तिकै बिग्रेको ‘विद्युतीय बस’ भारतमै बनेको रहेछ

काठमाडौं । सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसेको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो ।

 

उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बसबाट ल्याइएको ज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका लागि गत वर्ष पुषमा भएको दुईपक्षीय खरिद सम्झौतामा आपूर्तिकर्ताले चीनमा उत्पादन गरिएका २० सिटे ५ वटा विद्युतीय बस र ७ सिटे ११ वटा मल्टिप्रपोज भ्याकिल (कार) उपलब्ध गराउने उल्लेख छ । तर, २०७५ असोज २८ र कार्तिक १५ गते भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनीले बुझाएको प्रज्ञानपत्रमा ५ वटै विद्युतीय बसेको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ । 

 

सम्झौताअनुसार चीनबाट सवारी साधन आयात नभएपछि मन्त्रालयले विद्युतीय बस अस्वीकार गरेको थियो । त्यसपछि आपूर्तिकर्ताले कन्ट्री अफ आरिजिन चीन भएको अर्कै कागजात उपलब्ध गराएको थियो । तर, भन्सारमा रुजु गर्दा उक्त कागजात नमिलेको पाइएको हो । दुई मुलुकबाट आयात गरिएका कागजात आपूर्तिकर्ताले बुझाएपछि यो विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । अख्तियार प्रवक्ता रामेश्वर दंगालले विद्युतीय बस खरिद पक्रियाबारे अनुसन्धान थालिएको बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

विद्युतीय बस भारत

विशेष