पौने २ करोड बुझाएर छुटे निलम्बित सांसद रौनियार

काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । विशेष अदालतले मागेको धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेर उनी रिहा भएका हुन् । आइतबार छोरा सुमितसहित उनी विशेष अदालतमा उपस्थित भएका थिए । छोरा सुमितसँग पनि १ करोड ७५ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
गत १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमितविरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
भ्रष्टाचार मुद्दा हरिनारायणप्रसाद रौनियार