विदेश

पुलवामा आक्रमणपछि दबाबमा पाकिस्तान

पुलवामा आक्रमणपछि दबाबमा पाकिस्तान

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले पुलवामा भएको आक्रमण ‘एउटा जघन्य अपराध हो’ भन्दै यसको घोर निन्दा गरेको छ । यसले मसूद अजहरकोे संगठन जैश–ए को विरोध गर्दै आक्रमण गर्ने दोषीलाई छिटो भन्दा छिटो न्यायको कठघरामा ल्याउन जरुरी रहेको बताएको छ ।
यो भन्दा पहिले कश्मीरमा भएको कुनै आक्रमणमा आवाज नठाएको सुरक्षा परिषदले यसपटक कश्मीरलाई ‘विवादित क्षेत्र’ मानेको भएर परिषदको योे टिप्पणी महत्वपूर्ण छ ।

 

यसले भारत कुटनीतिक जितको बाटोतिर गएको देखिन्छ । अर्काेतिर भारतले लाखांै कोसिस गर्दापनि सुरक्षा परिषदले पुलवामा आक्रमणको सन्ंदर्भमा पाकिस्तानको नाम नलिएकोले पाकिस्तान यसलाई आफ्नो जित भएको बताउँछ । 

 

यसको एक दिनपछि पन्जाब प्रान्तको अधिकारीहरुले बहावलपुरमा प्रतबन्धित संगठन जैश–ए मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको थियो । यद्यपि पाकिस्तानको सूचना प्रसारण मन्त्री चौधरी फवाद हुसैनले यो कारबाही पुलवामा आक्रमणको कारणले गरिएको होइन भनेर स्पष्ट गरेका थिए ।
अहिलेको सबैभन्दा धेरै उठेको प्रश्न, के पुलवामा आक्रमण पछि पाकिस्तान अन्तर्राष्ट्रिय दबाबमा छ ? के माथि बताएको फैसला उसले अन्तर्राष्ट्रिय संस्थाहरुको दबाबले लिएको हो ?

 

यहीँ प्रश्नबारे ‘इस्लामाबाद इन्स्टिट्युट अफ साइन्स ऐन्ड टेक्नोलोजी इन्टरनेशनल पालिसी’को प्रोफेसर र दक्षिण एशियामा सुरक्षा कामका विशेषज्ञ रिफात हुसैनका अनुसार पुलवामा आक्रमणबारे पाकिस्तान स्वयंमले पनि घोर निन्दा गरेको छ । उनी भन्छन्, ‘यदी पाकिस्तानको अन्तर्राष्ट्रियस्तरमा अलग गर्ने भारतीय दावीमा आयो भने मलाई लाग्दैन कि यो सही हो । केही दिनअगाडि साउदी अरबको ‘क्राउन प्रिन्स’ मोहम्मद बिन सलमान पाकिस्तानमा आए ।

 

२२ मार्चको मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद पनि पाकिस्तान आउने तयारीमा छन् भने त्यसपश्चात तुर्कीकोे राष्ट्रपति रेचेप तैयब अर्दोआन पनि पाकिस्तान भ्रमणको गर्छन् । यसरी पाकिस्तानलाई एकतर्फी गर्ने भारतीय दावीमा दम नभएको मलाई लाग्छ ।’

 

प्रोफेसर रिफातका अनुसार, ‘यदी प्रश्न पाकिस्तान डराएको छ भन्ने हो भने पाकिस्तान सरकारले स्पष्ट भनेको छ, पाकिस्तान युद्ध चाहान्न किनकि युद्ध उसको हितमा छैन तर उमाथि कसैले सैन्य बल प्रयोग गरेमा त्यसको प्रतिक्रिया दिन पछि हट्न छैन । मलाई लाग्दैनकि एक डराएको मुलुकको रवाफ र हैसियत यस्तो हुन्छ ।’ 

 

पुलवामा एक ठूलो मुद्दा बनेको बेला भारतमा चुनावी माहौल नजिकिँदै छ । यस विवादमा के मोदी सरकार ठोस कारबाही गर्न सक्छ ? यसको जवाफमा प्रोफेसर रिफात भन्छन्, ‘चुनाव नजिकिँदै छ तर मोदी सरकारसँग  सिमित विकल्प मात्र छ । भारतलाई थाहा उसको जस्तो पाकिस्तान पनि एक परमाणु हतियारशक्ति सम्पन्न देश हो । भारतलाई यो पनि थाहा छकि युद्धको शुरुआत गर्न सजिलो छ तर त्यसलाई सम्हाल्न गाह्रो ।
दोस्रो कुरा फैसला लिनुभन्दा पहिले भारत सरकारले भविष्यमा आफ्नो छविप्रति कस्तोे असर पर्छ सोच्नुपर्छ । कुनै पनि सानो भूलले अन्तर्राष्ट्रियस्तरमा आक्रामक्ता देखिन सक्छ ।’

 

पुलवामा आक्रमणपछि भारत प्रशासित कश्मीरको तनावपूर्ण स्थिति बारेका प्रोफेसर रिफात भन्छन्,‘अबको केही महिनासम्म भारत र पाकिस्तानबीच तनावपूर्ण स्थिति रहेपनि विस्तारै यो स्थिति सामान्य हुने आशा छ ।’

 

यस समय भारत र पाकिस्तान दूवैतर्फबाट के दुवै देशबीच युद्ध हुन्छ ?  प्रोफेसर रिफात हुसैन भन्छन्, ‘मलाई युद्ध हन्छ जस्तो लाग्दैन किनकि युद्ध सबैभन्दा ठूलो बिनाश हो । दुवै देशसँग आणविक हतियार समेत उपलब्ध छ, त्यसकारण युद्ध गर्नु ठूलो खतरा हो । युद्ध भएन भने ुदुबै  देशबीच हरेक मुद्दा मिलाउँनको लागि बाटो खुल्ला छ ।’ 
बिबिसी हिन्दीबाट 
 

विशेष