नेपालमा चिनियाँ लगानीबारे मुख खोल्यो अमेरिकाले
काठमाडौं । अमेरिकाले नेपालको कुनै पनि हितमा हुने गरी आउने चिनियाँ लगानीप्रति आफ्नो मुलुकको कुनै आपत्ति नहुने जनाएको छ । नेपालमा भ्रमणमा रहेका दक्षिण तथा पूर्वी एसिया र प्रशान्त क्षेत्रीय देशहरुको सैन्य मामिला हेर्ने अमेरिकी उपरक्षामन्त्री जोसेफ फेल्टरले सोमबार सञ्चारकर्मीहरुसँगको भेटमा नेपालको पनि हित हुने गरी भित्रिने चिनियाँ लगानी र सम्बन्धलाई अमेरिकाले स्वागत गर्ने बताएका हुन् ।
एसिरा र प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न ट्रम्प प्रशासनले अख्तियार गरेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को सदस्य राष्ट्र नेपालको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्ने अमेरिकाले सहयोग गर्ने बताउँदै फेल्टरले चीन प्रतिको धारणा खुला रुपमा राखेका थिए ।
यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।