News

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हाँस्दै हेरेर बसे कांग्रेस नेता

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हाँस्दै हेरेर बसे कांग्रेस नेता

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्‍यो। तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे। झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् ।

 

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो। तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन। बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले ‘रुलिङ’ गरेर बस्न लगाए।

 

सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो। पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन। घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
 

नेविसंघ कांग्रेस केन्द्रीय कार्यालय

विशेष