News

सीटीईभीटीको ३० वर्षे इतिहास सकिँदै

सीटीईभीटीको ३० वर्षे इतिहास सकिँदै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विघटनको संघारमा पुगेको छ। सरकारले फागुन २१ गतेभित्र नयाँ ऐन जारी गरेसँगै तीन दशक लामो इतिहास बोकेको संस्था खारेज हुने भएको हो । संस्था खारेज भएसँगै त्यहाँका कर्मचारी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्मा परिणत हुनेछन् । विसं २०४५ सालमा स्थापना भएको सीटीईभीटी विघटन भएपछि त्यहाँ कार्यरत अस्थायी र करार कर्मचारीको अवस्था के हुने भन्ने विषय अन्योलमा परेको छ। हाल सीटीईभीटीमा करिब १ हजार २ सय कर्मचारी कार्यरत छन्। तीमध्ये करिब ५ सय अस्थायी र करारका हुन्। 

 

सीटीईभीटीअन्तर्गत ४५ वटा आंगिक क्याम्पस छन्। साझेदारीमा ५ शिक्षालय छन्। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्याक्रमअन्तर्गत ३ सय ९७ विद्यालयमा प्राविधिक कक्षा सञ्चालन भइरहेको छ। ४ सय २९ निजी शिक्षालय छन्। स्थानीय तहका २ सय ९२ विद्यालयमा प्राविधिक कार्यक्रम सञ्चालित छन्। 

 

७ वटै प्रदेशमा प्रदेश कार्यलय छन्। अब यी कार्यालय राष्ट्रिय प्राविधि तथा व्यावसायिक शिक्षा परिषद् हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ऐनको मस्यौदामा सीटीईभीटी खारेज गर्ने उल्लेख गरेपछि त्यहाँका उच्च अधिकारीहरू कानुन आयोग, शिक्षा र कानुन मन्त्रालयमा गुहार माग्न गएका थिए। यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

सीटीईभीटी विघटन

विशेष