नाम लम्बोदर, काम लोदर ! त्यसै भनिएको होइन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक लाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इञ्जिनियरिङ कलेजमा नियमविपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँ भन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको अनुसन्धानमुलक लेखापरीक्षणमा विभिन्न व्यक्तिको नाममा नियमविपरीत भुक्तानी २३ करोड १० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको छ ।
कान्तिपुर दैनिकबाट ।