News

कर्मचारी समायोजन लम्मेतान, अझै २ साता लाग्ने सरकारी अनुमान  

कर्मचारी समायोजन लम्मेतान, अझै २ साता लाग्ने सरकारी अनुमान  

काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ । यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि विभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले भने । 
 

समायोजन रोजेका कर्मचारीको राष्ट्रिय किताबखानामा विवरण नमिलेकोले समायोजनमा ढिलाइ भएको थियो । तोकिएको समयमा समायोजन नसकिनुमा कर्मचारीको विवरण नै मुख्य कारण रहेको प्रवक्ता अधिकारीले दावी गरे ।  ‘कसैको कार्यालय मिल्दैन, कसैको नियुक्ति मिति मिल्दैन। विवरण नमिलेकाले समायोजनमा ढिलाई भएको उनले जानकारी दिए । मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुका अनुसार हालसम्म २२ हजार ९ सय १७ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कर्मचारी समायोजन

विशेष