‘भारतीय विमान पाकिस्तानी सीमामा पसे, कारबाहीपछि भागे’

बीबीसी । भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ। उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।’
‘भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।’ भारत र पाकिस्तानबीच काश्मीरको पुलवामामा भएको आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको छ। फेब्रुअरी १४ का दिन भएको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाबललाई खुला छुट दिएको बताएका थिए। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि आक्रमण प्रतिकार नगर्ने बताएका थिए।
पाकिस्तान भारतीय विमान