रबिन्द्रका आमा बाबुलाई काठमाडौँ लगियो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको निधनको खबर सुनेर विक्षिप्त बनेका बाबु आमा दुबैलाई काठमाडौँ लगिएको छ ।
केहिबेर अघि आफन्तहरुको सहयोगमा अर्धमुर्छित रहेका बाबु इन्द्र प्रसाद अधिकारी र लक्ष्मी देवी अधिकारीलाई यति एयरको फ्लाइटमा काठमाडौँ लगिएको हो ।