News

‘क्याप्टेनले मौसम गडबड भएर उडाउन मानेका थिएनन्’ (भिडियोसहित)

‘क्याप्टेनले मौसम गडबड भएर उडाउन मानेका थिएनन्’ (भिडियोसहित)

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार रहेको हेलिकोप्टर पाथीभराबाट उड्ने बेला भारी हिमपात भएका कारण उडान गर्न नसक्ने जानकारी क्याप्टेन प्रभाकर केसीले दिएको खुलेको छ । 

 

नेपालआजसँगको विशेष कुराकानीका क्रममा नागरिक उड्यन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले यस्तो जानकारी दिएका हुन्  । पाँचथरबाट हेलिकोप्टर पाथीभरा गएको र त्यहाँबाट उडने बेला क्याप्टने केसीले मौसम गडबड भएका कारण उडान गर्न नसक्ने ताप्लेजुंग टावरलाई गराएका थिए । 

 

पछि फेरि मौसममा केही सुधार आएपछि उनले हेलिकोप्टर उडाएको क्षेत्रीले बताए । हेलिकोप्टर दुर्घटनाको कारण छानविन पछि मात्रै थाहा हुने उनले बताए । तर क्षेत्रीको मतमा खराब मौसम नै दुर्घटनाको मुख्य कारक भएको उनले स्पष्ट पारे ।

महाप्रबन्ध क्षेत्रीले बुधबार देश भर नै मौसम खराब रहेको र हिमाली जिल्ला ताप्लेजुंगको मौसम पनि धेरै प्रतिकुल रहेको स्पष्ट पारे । सामान्यतः हेलिकोप्टरमा ब्लाक वक्स नहुने र सबै दृश्य हेरेका आधारमा उडाउनु पर्ने जानकारी दिए । हेलिकोप्टर आकाशमै विष्फोट भएको सम्भावना कम रहेको उनले बताए । क्याप्टेनले हेलिकोप्टरमा कुनै समस्या भएको कुनै जानकारी दिएका थिएनन् । यसकारण मौसम नै मुख्य कारक रहेको उनको ठहर छ । 

 

यो दुर्घटना भवितव्य भएको क्षेत्री बताउँछन् । सानो र गरिब मुलुक भएका कारण नेपालमा भएका हवाई दुर्घटना विश्वमा बढी दूष्प्रचार हुने गरेको क्षेत्रीको ठहर छ । 

विशेष