माओवादीले सरकारलाई नबुझाएको २४ सय वटा हतियार निस्के भने ?
काठमाडौं । फेरि देशमा बिष्फोटन, आगजनी र हत्याको श्रृंखला शुरु भइरहँदा पुराना अतियार, तिनको भण्डारण वा गोपनीयताबारे प्रश्न उठ्न थालेका छन् । जनयुद्धताका माओवादीले सरकारबाट फुत्काएको हतियार संख्या ६ हजार ७८ थियो । यसमा नेपाल प्रहरीका ३४ सय ९, सशस्त्र प्रहरीका १८ सय ६९ र सेनाका ८ सय विभिन्न् प्रकृतिका हतियार थिए ।
नेपालका कुनै पनि सुरक्षाफौजले नचलाउने रसिया निर्मित एके फोर्टी सेभेनसमेत माओवादीले प्रयोग गथ्र्यो तर शान्ति प्रक्रियामा आउँदा उसले आफ्नो साथमा रहेको भनी ३४ सय ७५ थान हतियार मात्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानीअन्तर्गत राख्यो । बाँकी हतियार कता गए? प्रश्न अझै अनुत्तरित छ । हालसम्म सकेट बमा मात्र सीमित विप्लव समूहले अब ती हतियार प्रयोग गर्न थाल्यो भने के हुन्छ? जनसेना ३२ हजार अनि हतियार बुझाएको चाहिँ साढे ३ हजार मात्रै? सेना समायोजनमार्फत शान्ति प्रक्रिया टुंगो लगाउने क्रममा माओवादी नेताको सुरक्षार्थ दिइएको भनिएका केही हतियार माग्ने क्रममा फेरि छलछाम भयो । त्यस्ता हतियार बुझाउन २०६९ चैत २२ मो मन्त्रिपरिषद् बैठकले ०७० वैशाख मसान्तसम्मको अल्मिेटम दिएको थियो । तर, पनि हतियारहरु बुझाइएनन् ।
०६९ मंसिर १० मा १४ सय ६० माओवादी लडाकु नेपाली सेनाको तालिममा सहभागी भएपछि चैत २२ भित्र बाँकी हतियार बुझाउने अर्को म्याद पनि गुज्रिएर एक महिनाको समय थप हुँदा जम्मा ६२ हतियार दाखिला भए । दश वर्षे जनयुद्ध छाडेर माओवादी शान्ति प्रक्रियामा आएको दशै वर्षपछि ०७३ पुष ३ गते जुम्लाबाट २ थान एसएलआर। ०७० कात्तिकमा जाजरकोट सदरमुकाम खलंगाबाट ६ थान थ्रिनट थ्रि, २ थान टु इञ्च मोर्टार र ४४ थान एसएलआर बरामद भए । अनि ०७१ साउन ६ गते एके ४७ राइफलसहित मनाङबाट नवी र उजिर मगर समातिए ।
जतिबेला सरकारले हतियार फर्काउन अल्टिमेटम दिइरहेको थियो, त्यसबेला माओवादी पार्टी बैद्य, मात्रिका यादव, मणि थापासहित विभिन्न समूहमा विभक्त थियो । उनीहरुसँग गलिल, एम सिक्सिटन एसएमजी, इन्सास, एसएलआर, ठूलो र सानो चाइनिज माउजर, ब्राउनिङ माउजजस्ता संवेदनशील हतियार थियो । मोहन बैद्यसँग मात्रै इन्सास, एसएमजीसहित तीन हतियार थिए । अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सँग एसएलआर, इन्साससहित ३ थान देखिन्थे । तर यी विभिन्न हतियारमा प्रयोग हुने ३ सय ८४ गोली र २१ वटा म्यागजिनसमेत वेपत्ता छ । माओवादीबाट वैद्यहरु अलग्गिनुअघि नै पार्टी छाडेका अहिलेका उद्योगमन्त्री मातृका यादवले एउटा एसएलआ, एके–४७ र तीन वटा पेस्तोल लगेका थिए ।
पार्टीमा पर्किँदा उनले हतियार बुझाएको कुरा कतै आएको छैन । जसरी माओवादीले सेनाको वास्तविक संख्या बताएन, हतियारको कथा पनि त्यस्तै छ । अर्थात, अहिलेसम्म गाइँगुइँ छ, धेरै जसो हतियार लुकाइएको पक्कै हो किनकि ती अहिले फुत्तफुत्त फेला पर्दैछन् । त्यसमध्येकै अतियार विप्लव नेकपासँग भएको आशंका गरिँदैछ । अहिले विप्लवहरुले देखाइनहाले पनि ती कहीँ नकहीँ सुरक्षित छन् । प्रश्न हो, अब ती हतियार कहिले निस्कन्छन्? कहाँ खपत हुन्छन्? अहिले भइरहेका बिष्फोटका घटनामा विप्लव समूह पुरानै तरिका अपनाइरहेको छ, कुकर बम, सकेट बमहरु ीबष्फोट गराएर । भोलि हिजो लुकाइएका अत्याधुनिक हतियार पनि ननिस्किएलान् कसरी भन्न सकिन्छ?
यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो ।