Technology विदेश

हुवावेमाथि लगाइएका अनर्गल आरोपले ख्यातिमा समस्या : अध्यक्ष कोअ पिङ

हुवावेमाथि लगाइएका अनर्गल आरोपले ख्यातिमा समस्या : अध्यक्ष कोअ पिङ

एजेन्सी । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसमा मंगलबार बताएका छन् । 

 

साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उनले भने, 'हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।' साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रविधिको सञ्जाल निर्माणमा आशंका व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफबाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दावी गर्दै आएका छन् । 

 

फाइभ–जी तथा अत्यधिक–उच्च गतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रविधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ । 

 

एमडब्लुसी २०१९ मा बोल्दै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उनले भने, 'हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ । हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ ।'

 

हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लंघन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उनले बताए । एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मूल्यमान्यतालाई सधैँ आत्मसात गर्ने उनको दावी थियो ।

हुवावे

विशेष