विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ

उदयपुर । विद्यार्थी पिटेको आरोपमा उदयपुर त्रियुगा नगरपालिकाको एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले वडा नम्बर ६, जलजलेमा रहेको मेरीब्रुट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक दीपक प्रधानलाई पक्राउ गरेको हो । कक्षा ८ मा अध्यनरत १६ वर्षीय केशब थापालाई कुटपिट गरेको आरोपमा शिक्षक प्रधान पक्राउ परेका प्रहरीले जनाएको छ ।
‘कक्षा ८ मा अध्ययनरत थापालाई नपढेको भन्दै नीलडाम बस्ने गरी कुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘अभिभावले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो।’ पीडित विद्यार्थी थापाको शरीरको विभिन्न भागमा नीलडाम रहेको छ। थापालाई उपचारका लागि अस्पताल पठाइएको छ।
उदयपुर शिक्षक पक्राउ