हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको निधन भएको छ ।
हेलिकोप्टर दुर्घटनामा परेर उनीहरुको निधन भएको नागरिक उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
हेलिकोप्टमा यति एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालसमेत छ जना थिए । दुर्घटना ताप्लेजुङको दाह्रेढुंगामा भएको हो ।
हेलिकोप्टरमा चालक दलका क्याप्टेन प्रभाकर केसी, नागरिक उड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे, नागरिक उड्यनका इञ्जिनियर ध्रुव भोछिभोया छन् ।
काठमाडौंबाट ताप्लेजुङ उडेको एअर डाइनेष्टीमा सवार सबैको शव चिन्न नसकिने गरी जलेको अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।