News

आज राष्ट्रिय शोक र सार्वजनिक बिदा

आज राष्ट्रिय शोक र सार्वजनिक बिदा

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। बुधबार साझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो। 

 

राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ। हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो। छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने रहेका छन्। 

 

बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको छ। पाँथीभरा मन्दिरदेखि डेढ किलोमीटरको दूरीमा हेलिकोप्टर भिरमा ठोकिएर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित सात जनाको निधन भएको छ। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो। मन्त्री अधिकारीसहितको टोली बुधबार तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो।

रवीन्द्र अधिकारी

विशेष