News

मन्त्री अधिकारीको सहित सातै शव आज काठमाडौं ल्याइँदै

मन्त्री अधिकारीको सहित सातै शव आज काठमाडौं ल्याइँदै

सुकेटार । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बिहीबार काठमाडौं ल्याइने भएको छ । 

 

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पुर्‍याएलगत्तै शव काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। 

 

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा मन्त्री अधिकार सात जनाको मृत्यु भइको थियो।

रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटना

विशेष