News

मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।

 

साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरूको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्।

 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार बेलुका मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

 

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।

विद्यादेवी भण्डारी रवीन्द्र अधिकारी केपी शर्मा ओली हेलिकोप्टर

विशेष