News

मन्त्री अधिकारीसहित सातै जनाको अन्त्यष्टि आज, शव काठमाडौं ल्याइँदै

मन्त्री अधिकारीसहित सातै जनाको अन्त्यष्टि आज, शव काठमाडौं ल्याइँदै

काठमाडौं । ताप्लेजुङको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सहित सातैवटै शव केहीबेरमा काठमाडौं ल्याइँदैछ।

 

दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्‍याइएका शव हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको हो। शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए। उनका अनुसार पोष्टमार्टमपछि आजै अन्त्यष्टि गर्ने तयारी छ।

 

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री अधिकारीको अत्येष्टि काठमाडौंमा गर्ने कि पोखरामा भन्ने अझै टुंगो लागेको छैन । उनका बुवाआमा र परिवारले पोखरामै अत्येष्टि गर्ने इच्छा व्यक्त गरेका छन् ।

 

सरकारले स्वर्गीय मन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने र देशका सबै सरकारी कार्यालय विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

 

त्यस्तै सरकारले हेलिकोप्टर दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन समिति पूर्वसचिव यज्ञप्रसाद गौतम नेपाल सेनाका सहायकरथि दीपक वास्तोला अवकाशप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रायका सहसचिव बुद्धसागर लामिछाने रहेका छन्।

हेलिकोप्टर दुर्घटना

विशेष