News

पुलवामामा मारिएका सुरक्षाकर्मीको सम्झनामा शोकसभा (भिडियोसहित)

पुलवामामा मारिएका सुरक्षाकर्मीको सम्झनामा शोकसभा (भिडियोसहित)

काठमाडौं । जम्मु-कश्मिरको पुलवामा हामलामा मारिएका सुरक्षाकर्मीको सम्झनामा काठमाडौंस्थित भारतीय दूतावासमा शोकसभा आयोजना गरिएको छ। पुलवामा हमालामा मारिएका सुरक्षाकर्मीलाई श्रद्धाञ्जलि दिन बुधबार दिउँसो भारतीय दूतावासमा शोकसभाको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा सुरक्षाकर्मीका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको भारतीय दूतावासले जनाएको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले उक्त सभालाई सम्बोधन गर्दै पुलवामा योजनाबद्ध तरिकाले सुरक्षाकर्मीमाथि हमला भएको बताए। उनले घटना अत्यान्तै घीणित रहेको र घटनालाई व्यक्त गर्ने कुनै पनि प्रकारको शब्द नै नभएको बताए।

उनले मैनबत्ती बालेर फूल अर्पण गर्दै मृतक सुरक्षाकर्मीमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए। उक्त कार्यक्रममा भारतीय दूतावासका कर्मचारीलगायतका व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रम सुरु हुनुपूर्व सीमामा रहेका सुरक्षाकर्मीको वीरगाथा समावेश रहेको डकुमेन्ट्री पनि देखाइएको थियो।

फेब्रुअरी १४ का जम्म कश्मिरको पुलवामा भएको हात्मघाती हमालमा परेर ४० भन्दा बढी सुरक्षाकर्मी मृत्यु भएको थियो।

 

पुलवामा हमला

विशेष