News राजनीति

श्रद्धाञ्जलि कार्यक्रम तय गर्न बालुवाटारमा नेकपाको बैठक

श्रद्धाञ्जलि कार्यक्रम तय गर्न बालुवाटारमा नेकपाको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसेको छ।  बैठकले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलिसम्बन्धी कार्यक्रम तय गर्ने बताइएको छ ।

 

मन्त्री अधिकारीको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएको हो। उनीसहित सात जना चढेको हेलिकोप्टर ताप्लेजुङको दारेभिरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।

 

मृतक सबैको शव अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ। शवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेर आफन्तलाई हस्तान्त्रण गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले बताए।

नेकपा बैठक

विशेष