News

प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । बिहीबार लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचनामार्फत् बिहीबारको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

 

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए ।

 

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको महासचिव भट्टराईले जानकारी दिए ।

संघीय संसद सचिवालय

विशेष