News

ताप्लेजुङबाट सातै शव लिएर काठमाडौंका लागि उड्यो सेनाको हेलिकोप्टर

ताप्लेजुङबाट सातै शव लिएर काठमाडौंका लागि उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो।

 

मध्यान्ह १२:०५ मा ताप्लेजुङबाट जात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाठौं प्रस्तान गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनकारी दिए। ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो।

 

उनीहरूको शव परीक्षणका लागि लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ। त्यसपछि श्रद्धाञ्जलिको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

 

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । साथै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेका छ ।

 

मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकोप्टर ताप्लेजुङको दारेभिरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।

 

हेलिकोप्टर दुर्घटना

विशेष