News

धुर्मुस-सुन्तलिले डोजर चलाएर सुरु गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण

धुर्मुस-सुन्तलिले डोजर चलाएर सुरु गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण

काठमाडौं ।  धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ।

 

चितवनको भरतपुरमा सो रंगशाला निर्माणस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरि फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

 

कार्यक्रममा बोल्दै  फाउण्डेशनका अध्यक्ष एवं चर्चित हास्य कलाकार धुर्मुसले सो रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफूहरू अनुभवि पनि भएकाले सो रंगशाला निर्माणमा ढिलाई नहुने पनि बताए। सो रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम पनि सुरु भइसकेको पनि अध्यक्ष कट्टलले जानकारी दिए।

 

अध्यक्ष कट्टेलले सो आयोजना इन्दारिताका साथ निर्माण गर्ने पनि बताएका थिए। उनले धेरै स्वमयसेवक परिचालन गरेर सो रंगशाला निर्माण कार्य सम्पन्न गर्ने भएकाले त्यसको लागत ३ अरव लाग्ने अनुमान गरिएको पनि बताए। नेपाललाई खेलकुदको हर्वको रुपमा विकास गर्ने योजनाका साथ सो रंगशाला निर्माण कार्यमा आफूहरु जुटेको पनि फाउन्डेशनले जनाएको छ।

 

कार्यक्रममा बोल्दै फाउन्डेशनकी उपाध्यक्ष सुन्तलीले देशको मुहारमा खुशीयाली ल्याउन सो रंगशाला निर्माणको कामको जिम्मा लिएको बताइन्। उनले देश र आफ्ना बाबुआमा खुशी बनाउने काम सबैभन्दा बढी खुसीको कुरा भएकाले आफूहरूले पनि देशलाई खुसी बनाउन सो रंगशाला निर्माणको काम सुरु गरिएको पनि स्पष्ट पारिन्।

 

२० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सुरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ। गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

धुर्मुस सुन्तली

विशेष