News

संघीय संसद्का महासचिवलाई सुविधैसुविधा, मासिक तलब र पेन्सन दुवै लिँदै

संघीय संसद्का महासचिवलाई सुविधैसुविधा, मासिक तलब र पेन्सन दुवै लिँदै

काठमाडौं । संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् ।

 

कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझ्ने गरेका छन् । असारअघिसम्म तलबबाहेक ८० प्रतिशत प्रोत्साहन भत्तासमेत लिने गरेका थिए ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेन्सन र तलबमध्ये एउटा मात्रै रोज्नुपर्ने बताए । ‘कसैले तलब र पेन्सन दुवै लिएको छ भने एउटा फिर्ता गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दुवै सुविधा लिन पाइँदैन ।’ मन्त्रिपरिषद्ले सेवा निवृत्त भएका राष्ट्रसेवक कुनै पदमा नियुक्त भए पेन्सन या तलबमध्ये एउटा रोज्नुपर्ने निर्देशिका जारी गरेको छ ।

संघीय संसद मनोहरप्रसाद भट्टराई

विशेष