विदेश

बिहारमा सीमाञ्चल इक्सप्रेसको रेल दुर्घटना, ६ को मृत्यु, कयौँ घाइते

बिहारमा सीमाञ्चल इक्सप्रेसको रेल दुर्घटना, ६ को मृत्यु, कयौँ घाइते

भारतको विहार राज्यमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान बिहारको जोगबनीदेखि दिल्ली जाँदै गरेको सीमाञ्चल इक्सप्रेसको नौ डिब्बावाल रेल लिकबाट उछुट्टिएर दुर्घटना भइएको हो।

 

घटनामा हाजीपुर-बछवाडा रेलखण्डको महनार र सहदोइ स्टेशनको बीचमा भएको हो । उक्त घटनामा कयौँ घाइते भएका छन् । पूर्वमध्य रेलका प्रवक्ताका अनुसार रेलका नौवटै डिब्बा लिकबाट बाहिर उछुटिएका छन्। उनले घटना बिहान करिब ४ बजेतिर भएको बताए।

 

घटना लागत्तै उद्धारका लागि सोनपुर र बरैनीबाट डाक्टरको टीम घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको छ। सोनपुर रेलमण्डलको टोली र सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको बिबिसी हिन्दीले जनाएको छ।

 

जनरल कोच, एउटा एसी कोच बि३, तीनवटा स्लिपर कोच एस९, एस९, एस१०सहित चारवटा अन्य कोचका डिब्बा लिकबाट बाहिर उछुटि्टएका छन्। दुर्घटनाको समयमा रेल तीव्र रफतारका गुडिरहेको प्रवक्ता राजेश कुमारले बताए।

रेल दुर्घटना

विशेष