अफ्रिकी देशमा नेपाली नक्कली भिसा बनाउने गिरोह सक्रिय

काठमाडौं । अफ्रिकी देशहरूमा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नक्कली भिसाका आधारमा नेपाल आएका तीन नाइजेरियन नागरिक पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन साताअघि तीनजना नाइजेरियनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अफ्रिकामै एक समूहले उनीहरूलाई सक्कली भनेर नक्कली नेपाली भिसा दिलाएको खुलेको हो ।
अध्यागमन कार्यालयले ३६ वर्षीय इमेका पान उडरे, २५ वर्षीय एन्थोटी एजेमा र २६ वर्षका एडेक्स नेबोचुबुलाई पक्राउ गरेको थियो । उनीहरू छुट्टाछुट्टै नेपाल आएका थिए । तीनैजना नक्कली भिसाका आधारमा आएको विभागले जनाएको छ । उनीहरूमध्ये दुईजनाले केन्याको राजधानी नैरोबीमा र एकजनाले दक्षिण अफ्रिकाको प्रेटोरियामा भिसा बनाएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
दक्षिण अफ्रिका नेपाली नक्कली भिषा