अमेरिकामा चिसोका कारण २९ को मृत्यु, मौसममा नाटकीय परिवर्तन
अमेरिकाका विभिन्न क्षेत्रमा चिसोका कारण २९ जनाको ज्यान गएको समाचारहरू आएका छन् । अत्याधिक चिसोका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको बताइको छ ।
कतिपय क्षेत्रमा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखिएको थियो।
मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा नाटकीय परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण यहाँ बाढीको पनि सम्भावना छ ।
शिकागोमा पनि शनिबारको तापक्रममा नाटकीय परिवर्तन देखियो । शनिबारको तापक्रम माइनस ३० डिग्रीबाट माइनस ५ मा झरेको छ । मौसम विभागका अनुसार मौसममा यस्तो प्रकारको परिवर्तन निकै अचम्म हो । हप्ताभरीको अत्यधिक चिसोपछि स्थिति सुधारोन्मुख छ । यहाँ शुक्रबारको तापक्रम माइनस १७ थियो ।
यसअघि शिकागोको तापक्रम माइनस ३० सम्म पुगेको थियो । पानीलाई भकभकी उमालेर निकालेको केही सेकेन्डमा नै बरफ बन्ने स्थिति थियो ।
अमेरिका