'डाइट'ले हाम्रो स्मरण शक्तिमा गर्छ यस्तो असर, अनुसन्धानले गर्‍यो खुलासा

'डाइट'ले हाम्रो स्मरण शक्तिमा गर्छ यस्तो असर, अनुसन्धानले गर्‍यो खुलासा

खानपानको हाम्रो स्वास्थ्यसँग सिधा सम्बन्ध छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो । तर, के तपाईं थाहा पाउनु भएको छ, तपाईंहरूले खाएको खानाले स्मरण शक्तिमा असर गर्छ भन्ने ? थाहा पाउनु भएको छैन भने पढ्नुहोस् हामीले खाएको खानाले हाम्रो स्मरण क्षमतामा कस्तो असर पार्छ  ?

 

हामीले खाने खाना र हाम्रो स्मरण क्षमताको गहिरो सम्बन्ध हुने हालै गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानकर्ताको टोली कोलिसिस्टोकाइनिन भन्ने हर्मोनको खोज गरेका छन् । यो हर्मोन स्मरण शक्ति बढाउने काम अहम भूमिका खेल्ने गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त हर्मोनको अधिक स्तरमा निर्माण हुँदा अल्जाइमर जस्तो घातक रोग हुनुको खतरा ६५ प्रतिशत कम हुन्छ ।

 

यक्त अनुसन्धानको प्रतिवेदन न्युरोबायोजलोजि आफ एजिंग जर्नलमा प्रकाशित गरिएको छ । अनुसन्धानकार्ताहरूले आफ्नो प्रतिवेनमा बताएअनुसार कोलिसिस्टोकाइनिन हर्मोन सानो आन्द्रा र मस्तिस्कमा हुने गर्दछ । अनुसन्धानमा संलग्न अमेरिकाको लोवा स्टेट युनिवर्सिटीका असिस्टेन्ट प्रोफेसर औरियल वालिट्टेका अनुसार यो हर्मोन दिमागको हिप्पोक्याम्पसमा पाइन्छ, जसले वस्तहरूको याद र स्मरण गर्नमा मद्दत गर्दछ । सानो आन्द्रामा रहेको यो हर्मोनले प्रोटिन अब्जाब गर्छ ।

 

उनले अगाडि भने 'हामी कतिबेला के खान्छौँ यसको सम्बन्ध हाम्रो स्मरण क्षमता हुन्छ। हामीले जे खान्छौँ त्यसको प्रभाव हाम्रो दिमागमा पनि पर्ने गर्दछ। यो अनुसन्धानले रगत र दिमागमा रहेको सटाइटी हर्मोनले दिमागको सञ्चालनमा कस्तो प्रभाव पार्दछ भन्ने कुराको पनि खोज गरेको छ।'

 

प्रतिवेदनका मुख्य लेखककाअनुसार उक्त अनुसन्धानले दिमागलाई तन्दुरुस्त राख्न मानिसहरूलाई सही डाइट कति महत्त्वपूर्ण छ भन्ने बताउँछ । यसले कस्तो प्रकारको खाना खानेले अल्जाइमर जस्तो खतारनाक बिमारीबाट बच्न सकिन्छ भन्ने पनि पत्ता लाग्ने उनको दाबी छ।

डाइट मस्तिस्क

संम्बधित खबर

विशेष