कारोबारको दोस्रो दिन सेयर बजारमा ८.८५ अंकको गिरावट
काठमाडौं । कारोबारको दोस्रो दिन सेयर बजारमा उच्च गिरावट आएको छ । सोमबार नेप्से ८.८५ अंकले घटेर १,१४४.२७ अंकमा कायम भएको छ ।
कुल ३६ करोड ४३ लाख ६४ हजार ८ सय ४९ को कारोबार भएको आज होटल बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६४.९८ अंकले घटेको छ ।
दिनभरिमा १६२ वटा कम्पनीको १२ लाख ९ हजार ८ सय ६८ कित्ता सेयर ५ हजार ७ सय ९७ पटक खरिदविक्री भएका छन् ।
यस कारोबार दिनमा नेपाल बैंक, अपर तामाकोशि हाइड्रोपावर र प्रभु बैंक प्रोमोटर सेयरको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक, नविल बैंक प्रोमोटर सेयर र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोडमाथिको कारोबार भएको छ ।
प्राइम कमर्सियल बैंकको ९२ लाखभन्दा बढिको करोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र प्राइमर इन्स्योरेन्सको ८० लाखमाथिको कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३ प्रतिशतका दरले कमाएका छन् । योसँगै बरुन हाइड्रोपावर, राएसडीसी लघुवित्त, सिद्धार्थ इक्यिुटी, हिमालयन डिस्टीलरी, छाङदी हाइड्रोपावर, गोर्खाज फाइनान्स, वोमी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, जेविल्स फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।
आँखु खोला जलविद्युतका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर, कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, सिटी एक्सप्रेस फाइनान्स, विशाल बजार, सिनर्जि पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र अपर तामाकोशि लगायतका सेयरधनीले गुमाएका छन् ।
सेयर बजार