News

नवनियुक्त राजदूत आचार्यद्वारा शपथ

नवनियुक्त राजदूत आचार्यद्वारा शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । 


आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन्। मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका थिए। नेपालको इतिहासमा राष्ट्रप्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो। राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन्।

 

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो।

विद्यादेवी भण्डारी राजदूत नीलाम्बर आचार्यला

विशेष