ल्होसारका अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सोनाम ल्होसारका अवसरमा भोलि (मंगलबार) प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको मन्त्रीपरिषद् बैठकले २८ सय ५५ औँ सोनाम ल्होसारका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश नम्बर ३ मा तामाङ समुदायको बाहुल्यता भएकाले सोनाम ल्होसारका दिन बिदा दिने निर्णय गरेको मान्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताए ।
सार्वजनिक बिदा सोनाम ल्होसार