News

अख्तियारले सरकारलाई भन्यो– ‘विकास निर्माण कार्यको अवस्था भयावह’

अख्तियारले सरकारलाई भन्यो– ‘विकास निर्माण कार्यको अवस्था भयावह’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।

 

उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह पाइएको जानकारी गराए । उनले १ हजार ८ सय ४८ आयोजनाको निर्माण समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी सरकारी रकम पेस्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको उल्लेख गरे ।

 

अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार घिमिरेले ती आयोजना सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटकपटक म्याद थप भएर पनि कार्य सम्पन्न नभएकाले सरकारी स्रोतको उपयोग हुन नसकेकोतर्फ गम्भीर हुन विकास–निर्माणसँग सम्बन्धित मन्त्रालय र विभाग अधिकारीलाईसचेत गराए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकास–निर्माण आयोजना

विशेष