News

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, यस्ता छन् अगाडि बढ्ने दुई विकल्प

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, यस्ता छन् अगाडि बढ्ने दुई विकल्प

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । 


समितिका कार्यकारी निर्देशक कँडेलले भने, ‘अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि बढ्ने भन्ने कुराको टुङ्गो लगाउन हामी छलफलमै छौं ।’ निर्माण कम्पनी नफर्किएमा बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि सारेको छ ।

 

पहिलो विकल्पका रुपमा द्रुत मार्गबाट काम गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ । त्यसका लागि तीनदेखि चार महिनाको अवधि तोकिएको छ । दोस्रो विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

मेलम्ची खानेपानी सीएमसी

विशेष