News अपराध सुरक्षा मुख्य समाचार

फनपार्क भाडा अनियमिततामा पूर्वमन्त्री न्यौपानेसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

फनपार्क भाडा अनियमिततामा पूर्वमन्त्री न्यौपानेसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ ।

 

आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । 

 

आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६७५, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । 

 

यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई समेत रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख छ । यस्तै आयोगले तत्कालीन कोषाध्यक्ष रत्नगाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको आयोगको ठहर छ । 

 

परिषद्ले फनपार्क मेला सञ्चालकलाई २०६९ भदौ २० गते पाँच लाख ५५ हजार मासिक भाडा लिने गरी जग्गा उपलब्ध गराएको थियो । सार्वजनिक खरीद ऐनअनुसार सार्वजनिक बोलपत्र आह्वान गरेर मेला सञ्चालक चयन गर्नुपर्नेमा त्यसो नगरिएको र कार्यविधिसमेत पालना नभएको पाइएको आयोगले जनाएको छ । यस्तै इच्छुमति तरकारी बजारको भाडासमेत न्यूनरूपमा ७८ हजार ५७१ मा दिइएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग फनपार्क बद्री न्यौपाने

विशेष