News Technology कर्पोरेट

१५औं वार्षिक उत्सवका अबसरमा एनटीसी प्रयोगकर्ताहरुलाई उपहारनै उपहार

१५औं वार्षिक उत्सवका अबसरमा एनटीसी प्रयोगकर्ताहरुलाई उपहारनै उपहार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(एनटीसी) ले मंगलबार राजधानीमा आफ्नो १५औं वार्षिक उत्सव मनाएको छ । 


सधैजसो कुनै पाँचतारे होटलमा भव्यताकासाथ वार्षिक उत्सव मनाउँदै आएको टेलिकमले यस वर्ष अर्धात् कम्पनीको १५औं वार्षिक उत्सव भने राजधानीको भद्रकाली स्थित आफ्नै भवनमा मनाएको हो । 

 


लमो समयदेखि नेपालमा दूरसञ्चार सेवा प्रवाह गरिरहेको कम्पनीले २०६० सालमा मात्र विधिवत रुपमा कम्पनीको रुपमा दर्ता भएर सेवा शुरु गरेको थियो । 
टेलिकमले आफ्नो १५औं वार्षिकोत्सवका अबसरमा आफ्ना सेवाग्राहीहरुलाई विभिन्न सेवा सुविधा तथा छुट् प्याकेजहरु उपहारहरु सोरुप प्रदान गरेको छ । 

 

यस्तो छ टेलिकमको सेवा तथा सुविधा


एनटी मोबाइल एप डाउण्डलोड तथा रजिष्टरमा निशुल्क १०० एमबी डाटा उपलब्ध गरिएको छ । यो योजना माघ २२ देखी फागुन २२ सम्म मात्र लागुहुने कम्पनीले जनाएको छ ।


जीएसएम पोस्पेड ग्राहकहरुलाई रु ९०० को प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को फ्रि रिसोर्स उपलब्ध हुँदै आएकोमा अब प्रति महिना अल टाइम ३.३जीबी र रु ५०० को फ्रि रिसोर्स उपलब्ध छ । 


माघ २३ देखि फागुन ८ सम्म रजिष्टर हुने नयाँ जीएसएम पोस्पेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा एक जीबी र १०० मिनट अल टाइम भ्वाईस बोनस प्रदान गरेको छ । 


कम्पनीले टुर प्याकेज अन्तरगत रु ५०० मा ५ जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनट भ्वाईस, ५० एसएमएस र रु १०० को अन्तराष्ट्रिय कल समेत प्रदान गरेको छ । 
त्यस्तै रु १०० मा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनट भ्वाइस, १०० एसएमएस र रु २०० को अन्तराष्ट्रिय कल समेत प्रदान गरेको छ । 


योसँगै कम्पनीले माघ २२ देखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक गरि चाइना कल प्याक अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ र रु ५० मा १६५ मिनट कल सुविधा प्रदान गरेको छ ।  


टेलिकमले वार्षिक उत्सवकै अबसरमा आफ्ना ग्राहकवर्गलाई २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेकाहरुले २०७६ असारसम्म बुझाए सम्पूर्ण जरिवाना छुट दिने समेत घोषणा गरेको छ । 

 

एफटीटीएच माइग्रेसन योजना अन्तरगत एक वर्षदेखि नियमित एडीएसएल सेवा लिइरहेका ग्राहक र ३ महिनाको एफटीटीएच प्याक खरिद गर्न चाहनेलाई एफटीटीएच सीपीई निशुल्क उपलब्ध गराउने भएको छ । यो योजना भने ३ महिनासम्म लागु हुने कम्पनीले जनाएको छ । 


टेलिकमले नेत्रहिनहरुका लागि प्रयोग दिइएको जीएसएम तथा सिडियमए मोबाइलमा रु ५०, रु २०० र रु ३०० को अल टाइम डाटा प्याकेज खरिदमा सतप्रतिशत बोनस र रु २०० को अल टाइम भ्वाइस प्याक खरिदमा पचास प्रतिशतको बोन प्रदान गरेको छ । 


त्यस्तै मोबाइल पोइन्ट अफ सेल(MPoS) को माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतको बोन रकम समेत उपलब्ध गराएको छ । यो योजना भने ६ महिनासम्म लागु हुने एनटीसीले जनाएको छ । 


यसै अबसरमा टेलिकमले मंगलबारबाट अन्तर्राष्ट्रिय रोमिक कल सेवाको समेत शुरुवात गरेको छ । ‘प्रिपेड आउटबाउण्ड रोमिक’ नामक उक्त सफ्ट सेवा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरेका हुन् । 
यो सेवा शुरु भएसँगै अब एनटीसी मोबाईल प्रयोगकर्ताहरु आफुले प्रयोग गरिरहेको सिमबाट बाहिर मुलुक भारत र चीनमा समेत टेलिकम सेवा उपभोग गर्न सक्ने छन् । यसमा टेलिकमको सेवा सर्त भने लागु हुने कम्पनीले जनाएको छ । 


यसै अबसरमा कम्पनी आजदेखि अन्तराष्ट्रिय रोमिक कल सेवा समेत शुरु गरेको छ । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(एनटीसी)

विशेष